सरकारले एक वर्षमा जनमतको कदर गरेन : डा. भट्टराई | Khabarhub Khabarhub

सरकारले एक वर्षमा जनमतको कदर गरेन : डा. भट्टराई


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई तिहाइ मतसहितको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

पोखरामा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा भट्टराईले जनताले दिएको म्यान्डेडलाई सरकारले अघि बढाउन नसकेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्ने गरी काम गर्न सरकारलाई सुझाव पनि दिए । अहिलेका काम सामान्य क्रमिक विकासका क्रममा अघि बढेकारले देशको अर्थतन्त्र मजबुद नबनेको बताए ।

गरीबी, बेरोजगारीको समस्या समाधानका लागि औषत प्रतिव्यक्ति आय १० हजार डलर पुर्‍याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको भन्दै उनले सरकारले लिएको समृद्धिको अभियानलाई सफल बनाउन निजी क्षेत्रको विश्वास जित्दै लगानीको वातावरण बढाउनुपर्ने बताए ।

समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेकाले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव पनि दिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक