कञ्चनपुरमा फेरि भेटियो साढे ५ किलो सुन | Khabarhub Khabarhub

कञ्चनपुरमा फेरि भेटियो साढे ५ किलो सुन


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा फेरि साढे ५ किलो सुन बरामद भएको छ । बिहीबार दिउँसो ११ बजे पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको थियो ।

प्रहरीले बिहीवार राति नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । राति १ बजे स्थानीय लक्ष्मण तिरुवाको घरबाट सुन बरामद भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले खबरहबलाई जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित स्थानीय प्रहरीको टोलीले बिहीवार दिउँसो पुनर्वास नगरपालिका–२ दशरथबस्ती बस्ने शंकर बिकको घरबाट १८ किलो सुन बरामद गरेको थियो ।

प्रहरीका अनुसार शंकर फरार छन् । उक्त सुन भारतबाट तस्करी गरेर नेपाल ल्याइएको प्रहरी स्रोतको दावी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त सुन रुपन्देहीको सुनौली नाका हुँदै कैलाली पुर्याइएको थियो । भारतीय नागरिकको लगानी भएको भनिएको सुन जिल्ला प्रहरी कार्यालय कैलालीमा सादा पोषाकमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवाले पुनर्वासस्थित शंकरको घर र शुक्लाफाँटास्थित आफ्नो घरमा लुकाएका थिए ।

प्रहरीले बिहीवार दिउँसो प्रहरी जवान सुरजको ससुराली घरबाट सुन बरामद गरेको थियो । सुन फेला परेपछि प्रहरी जवान सुरज र उनका भाइ लक्ष्मण प्रहरी हिरासतमा छन् ।

दुवैजनाको बयानका आधारमा शुक्लाफाँटास्थित उनीहरुको घरबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबै गरेर २४ किलो सुन रहेकोमा अहिलेसम्म २३ किलो ६ सय ग्राम फेला परेको छ । बाँकी सुनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम