प्रधानमन्त्रीले खाली भाँडो आधा भरिएको जिकिर गर्दा, कांग्रेस भन्छ सपनामात्रै बाँडियो | Khabarhub Khabarhub

प्रधानमन्त्रीले खाली भाँडो आधा भरिएको जिकिर गर्दा, कांग्रेस भन्छ सपनामात्रै बाँडियो


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई तिहाइको एक वर्षलाई समेटेर अन्नपूर्ण पोस्ट दैनिकले ‘खाली भाँडो आधा भरियो’ शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारको कामको प्रगति सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा खाली भाँडो आधार भरिएको जिकिर गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले सपनामात्र बाँडेको आरोप लगाएको छ । कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आफ्ना कमजोरी ढाकछोप गर्दै सपनामात्र बाँडेको भन्दै सरकारको आलोचना गरे ।

त्यस्तै आलुमुनि १८ किलो सुन शीर्षकमा अर्को समाचार प्रकाशित भएको छ । निर्मला हत्याकाण्ड छानबिन गर्न महेन्द्रनगर पुगेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी नेतृत्वको टोलीले कञ्चनपुरको पुनर्वासमा आलुको थुप्रोमुनि लुकाइराखेको अवस्थामा १८ किलो सुन बरामद गरेको छ ।

त्यस्तै अमेरिकामा नेपालीको माग–‘नलखेट’ शीर्षकको समाचारमा अध्यागमनसम्बन्धी अस्थायी व्यव्था टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीटीएस)को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रर्दशन गरेको समाचार छापेको छ ।

‘दुईतिहाईको एक वर्ष’ शीर्षकमा छापिएको सम्पादकीयमा नागरिकले वाम गठबन्धनलाई पाँच वर्षका लागि राजनीतिक अस्थिरताको सिकार बन्न नपरोस भन्ने अभिमतसहित दिएको मतलाई सरकारले महसुस गरेर काम गर्न नसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ०३ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा