बाढी पहिरोले यी सडक अवरुद्ध, यात्रा गर्दा सचेत हुनुस् | Khabarhub Khabarhub

बाढी पहिरोले यी सडक अवरुद्ध, यात्रा गर्दा सचेत हुनुस्


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पहिरोका कारण धेरैवटा राजमार्ग र सडकहरु अवरुद्ध बनेका छन् । केहि राजमार्ग र सडकलाई प्रहरीले खुलाएपनि पहिरो र बाढी बढ्दा केही राजमार्ग र सडकखण्डको अवरोध यथावत रहेको प्रहरीले जनाएको छ ।

कहाँ कहाँको बाटो अवरुद्ध ?

प्रहरीका अनुसार मुस्ताङ, मनाङ, ओखलढुंगा, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप लगायतका जिल्लाका केही सडक खण्ड अवरुद्ध बनेको छ । मुस्ताङको बेनी जोमसोङसडक अवरुद्ध बनेको छ । त्यस्तै मनाङको बेसिशहर मनाङ सडकमा पनि अवरोध रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण राजमार्गमा बाढीले अवरोध रहेको छ भने ललितपुरको शाित् लोकपथ हेटौडा जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

मकवानपुरको फसेल हुँदै काठमाडौं आउने रुट पहिरोका कारण अवरुद्ध बन्दा सिस्नेरी फर्पिङ सडकखण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ भने रामेछापको मन्थलिबाट काठमाडौं आउने सडक पहिरोका कारण अवरुद्ध रहेको छ ।

प्रहरीका अनुसार भोजपुरमा गजुरमुखी भीरमा पहिरो जाँदा भोजपुर धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै रौतहटको गौर सडक खण्ड, महोत्तरीको जलेश्वर सडकखण्ड अवरुद्ध छ ।

पाल्पाको सिद्धबाबा नजिक पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै कालिकोटमा कर्णाली राजमार्ग अवरोध भएको छ भने महोत्तरीमा पूर्व पश्चिम राजमार्ग पानीको वहाव बढ्न जाँदा अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ९ : २६ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु