उद्योगमन्त्रीमाथि हातपात गर्न खोजेपछि मन्त्रीले समाते कर्मचारीको कठालो | Khabarhub Khabarhub

उद्योगमन्त्रीमाथि हातपात गर्न खोजेपछि मन्त्रीले समाते कर्मचारीको कठालो


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगमन्त्री मातृका यादव र कर्मचारीका नेताहरुका बीचमा मन्त्रालयमा हात हालाहाल भएको छ ।

सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवकै कार्यकक्षमा हात हालाहालको अवस्था सिर्जना भएको हो । कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको कर्मचारीको समुहले घुस लिएर नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा सरुवा गरेको भन्दै आरोप लगाएपछि  मन्त्री र कर्मचारीका नेताहरुबीचमा विवाद भएको थियो ।

विवादकैबीच कर्मचारीका नेताले मन्त्रीमाथि हात हाल्न खोजेपछि मन्त्री यादव पनि घुस खाने को हो ? भन्दै कर्मचारीको कठालो समातेका थिए ।

मन्त्रीमाथि नै हातपात प्रयास भएपछि प्रहरी बोलाउनुपरेको थियो । उद्योगमन्त्रीको कार्यकक्षमै मन्त्रीमाथि हातपातको प्रयास भएपछि कर्मचारीको भागदौड मच्चिएको थियो ।

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ४ : ३४ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन