तेश्रो शिखर वार्ताका लागि प्रयास जारी : दक्षिण कोरियाली राष्ट्रपति | Khabarhub Khabarhub

तेश्रो शिखर वार्ताका लागि प्रयास जारी : दक्षिण कोरियाली राष्ट्रपति


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने सम्भावित तेश्रो चरणको शिखर वार्ताको प्रयासलाई निरन्तराता दिने जनाएका छन् ।

राजधानी सोलमा सरकारका उच्चपदस्थ अधिकारीसँगको छलफलका क्रममा राष्ट्रपति मुनले ट्रम्प र किमबीच सक्दो छिटो तेश्रो शिखर वार्ताका लागि दक्षिण कोरियाले सक्दो प्रयास गर्ने जनाएका हुन् ।

उनले उत्तर कोरियाली सर्वोच्च नेता किमसँग पनि वार्ता गर्ने जनाएका छन् । गत शुक्रबार उत्तर कोरियाली सर्वोच्च नेता किमले ट्रम्पसँग आफू तेश्रो चरणको शिखर वार्ता गर्तका लागि तयार रहेपनि अमेरिकाले आफ्ना अडानमा लचक हुनुपर्ने जनाएका थिए ।

उनले दक्षिण कोरियाले दुई मुलुकबीचको शिखर वार्ताका लागि मध्यस्थकर्ताको भूमिका निभाउँदै आएकोमा तेश्रो शिखर वार्ता सम्भव बनाउनका लागि पनि प्रयास गर्ने जनाएका हुन् ।

उनले केही दिनअघिमात्र अमेरिकाको भ्रमण गरी कोरियाली समस्याको समाधानका लागि छलफल गरेका थिए । छलफलका क्रममा उनले शिखर वार्ता हुने वातावरण बनाउन समेत जोड दिएका थिए ।

गत फेब्रुअरीको अन्त्यमा भियतनामको राजधानी हनोईमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दुबै मुलुकले वार्ता निष्कर्षविहीन हुनुमा एक अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ०७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम