दिल्ली-काठमाडौं चल्ने बसमा यात्रुभन्दा तस्करीको सामान बढी ! | Khabarhub Khabarhub

दिल्ली-काठमाडौं चल्ने बसमा यात्रुभन्दा तस्करीको सामान बढी !


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिल्ली–काठमाडौं चल्ने सवारी साधानमा तस्करी हुने गरेको सार्वजनिक भएका एकपछि अर्को घटनाले प्रष्ट्याएको छ । रक्तचन्दन, अवैध कपडा तस्करी हुने गरेको घटना यसअघि नै सार्वजनिक भइरहेका बेला पुनः अहिले तस्करीकै अर्को घटना सार्वजनिक भएको हो ।

गाडी नम्बर – ना ५ ख ४८४२
समय – चैत ३० गते साँझ
स्थान – स्वयम्भु, काठमाडौं 

दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसबाट सामान तस्करी भइरहेको छ भन्ने सूचना पाए लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोली खोजीमा जुट्यो । प्रहरीमा आएको सूचना बमोजिम प्रहरीले चमतीमा (स्वयम्भू  नजिकै) ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बस फेला पार्‍यो । तर, प्रहरीले बस नियन्त्रणमा लिंदै गर्दा चालक भने फरार भए ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामा भन्छन् – चालक फरार भएलगत्तै प्रहरीको एउटा टोलीले चालकलाई पिछा गर्‍यो भने अर्को टोली गाडी खानतलासीमा जुट्यो ।

एसएसपी लामाका अनुसार यही क्रममा प्रहरीलाई सामान र गाडी छाडेमा २१ लाख रुपैयाँ घुस दिने प्रलोभन सहितको फोन आयो । जब घुस दिने फोन आयो तब प्रहरीले माथिल्लो तहसम्म सल्लाह गरेर उसलाई कसरी पक्राउ गर्ने भन्ने योजना बनायो ।

प्रहरीलाई नै प्रलोभन पार्न खोज्दा

योजना अनुसार प्रहरीले फोन गर्ने व्यक्तिलाई भने- तपाईंले भने बमोजिम हुन्छ पैसा लिएर आउनुस् हामी सामानसहित गाडी छाडिदिन्छौं ।

एसएसपी लामा भन्छन् – प्रहरीले डाकेको केही बेरमा नै सर्लाहीका श्याम विश्वकर्मा (गाडी चालक) प्रहरी भएको ठाउँमा पुग्छन् ३ लाखको बिटो बोकेर । तर, प्रहरीले २१ लाख घटी हुँदै हुदैन भनेपछि उनले फोन गरेर आफ्ना साथीहरुलाइ डाक्छन् ।

केहीबेरमा सुर्खेतकी ३२ वर्षीया दीपा राना र नुवाकोटका भरत तामाङ पनि पुग्छन् र ५० हजार रुपैयाँ निकालेर दिन्छन् । यही क्रममा प्रहरीले तीनै जनालाई पक्राउ गर्छ ।

करिव ६० लाख बराबरको सामान बरामद्

एसएसपी लामाका अनुसार गाडीबाट प्रहरीले कुर्ता ६ सय ६० पिस, टप्स २ हजार २ सय ९५ पिस बरामद् गर्न सफल भएको छ । यसबाहेक पाइन्ट २ सय ३४ पिस, सर्ट ८ सय २९ पिस, टि–सर्ट १ सय ४१ पिस, समिज १ सय २२ पिस, लेदर ब्याग ६ पिस, लेहेंगा ७ सय पिस समेत बरामद् गरेको छ ।

उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ, ५० लाख भन्दा बढीको अवैध तरिकाबाट भित्र्याइएको लत्ताकपडा, मोवाइल सेट लगायत बरामद् गरेको एसएसपी लामाले बताए ।

पक्राउ परेकाहरुलाई प्रहरीले साेमबार सार्वजनिक गरेको हाे ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ४० बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा