विवेकशीलद्वारा बालुवाटारमा प्रदर्शन: ‘ठूलो माछा कता छ, सिंहदरबार जता छ’ | Khabarhub Khabarhub

विवेकशीलद्वारा बालुवाटारमा प्रदर्शन: ‘ठूलो माछा कता छ, सिंहदरबार जता छ’


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रर्दशन गरेको छ ।

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीका कार्यकर्ताले  प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार  १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेका हुन् ।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भिर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री निवासको जग्गा बिक्री भएको समाचार बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन शुरु गरेको हो ।

‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानविन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ जस्ता नाराहरु लेखिएको प्ले कार्डसहित विवेकशीलका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका थिए ।

बालुवाटारको जग्गा बिक्री  घटना बाहिर आएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा बिक्री गर्न रोक लगाउने निर्णय गरेको थियो ।

घटनाका विषयमा उचित छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि विवेकशील साझा पार्टीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ४ : ०१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम