लागुऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित तीन जना पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना बसी जिल्लाको सम्सी गाउँपालिकामा आउँदै गर्दा सीमानाकामा रहेका प्रहरी चौकी सम्सीका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ६०० पिस नाइट्रोभेट लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम