विश्वकप खेल्ने १५ सदस्यीय अस्ट्रेलियन टोलीको घोषणा, वार्नर र स्मिथको पुनरागमन « Khabarhub

विश्वकप खेल्ने १५ सदस्यीय अस्ट्रेलियन टोलीको घोषणा, वार्नर र स्मिथको पुनरागमन


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसी विश्वकप २०१९ का लागि अस्ट्रेलियाको राष्ट्रिय टोली घोषणा गरिएको छ । आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले १५ सदस्यीय विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो ।

सोमबार बिहान सावर्जनिक गरेको टोलीमा विगत एक वर्षदेखि ‘बल टेम्परिङ’ काण्ड पछि प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । प्रतिबन्ध फुकुवा भएसँगै स्मिथ र वार्नरले अष्ट्रेलियन राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

‘बल टेम्परिङ’ को कारण प्रतिबन्ध खेपेका स्मिथ र वार्नरको प्रतिबन्ध जुन २६ बाट फुकुवा भएको थियो । गत बर्षको दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।

जार्नर र स्मिथ अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दैछन् । वार्नर सनराइजर्स हैदरावादबाट खेलिरहेका छन् भने स्मिथ राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।

अस्टेलियन टोली

आरोन फिन्च (कप्तान), डेभिड वार्नर, उस्माना खवाजा, स्टेभन स्मिथ, साउन मार्स, अलेक्स कारेय, मार्कस स्टोनिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, जेन सिचार्डसन, पाट कुमिन्स, जसन बेरेन्डोर्फ, नाथन कल्टर–नीले, आडम जम्पा, नाथल लियोन।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ३९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ