विश्वकप खेल्ने १५ सदस्यीय अस्ट्रेलियन टोलीको घोषणा, वार्नर र स्मिथको पुनरागमन « Khabarhub

विश्वकप खेल्ने १५ सदस्यीय अस्ट्रेलियन टोलीको घोषणा, वार्नर र स्मिथको पुनरागमन


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसी विश्वकप २०१९ का लागि अस्ट्रेलियाको राष्ट्रिय टोली घोषणा गरिएको छ । आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले १५ सदस्यीय विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो ।

सोमबार बिहान सावर्जनिक गरेको टोलीमा विगत एक वर्षदेखि ‘बल टेम्परिङ’ काण्ड पछि प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । प्रतिबन्ध फुकुवा भएसँगै स्मिथ र वार्नरले अष्ट्रेलियन राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

‘बल टेम्परिङ’ को कारण प्रतिबन्ध खेपेका स्मिथ र वार्नरको प्रतिबन्ध जुन २६ बाट फुकुवा भएको थियो । गत बर्षको दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।

जार्नर र स्मिथ अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दैछन् । वार्नर सनराइजर्स हैदरावादबाट खेलिरहेका छन् भने स्मिथ राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।

अस्टेलियन टोली

आरोन फिन्च (कप्तान), डेभिड वार्नर, उस्माना खवाजा, स्टेभन स्मिथ, साउन मार्स, अलेक्स कारेय, मार्कस स्टोनिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, जेन सिचार्डसन, पाट कुमिन्स, जसन बेरेन्डोर्फ, नाथन कल्टर–नीले, आडम जम्पा, नाथल लियोन।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ३९ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन