सरकारी संस्थान राष्ट्रका लागि भार : कर्मचारीको तलब जत्ति पनि हुँदैन आम्दानी | Khabarhub Khabarhub

सरकारी संस्थान राष्ट्रका लागि भार : कर्मचारीको तलब जत्ति पनि हुँदैन आम्दानी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सार्वजनिक संस्थानले कर्मचारीलाई भुक्तानी गर्नुपर्ने दायित्व ३८ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । आम्दानीको तुलनामा खर्चको भार बढ्दै जाँदा उनीहरुको दायित्व बढी भएको हो । संस्थानको दायित्वको भार राज्यलाई परेको अन्नपूर्ण पोस्टमा खबर छ । सरकारलाई संस्थानका कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने बाध्यता छ । बन्द संस्थानका कर्मचारीको तलबभक्तामा २० करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

खारेज भइ सञ्चालनमा नरहेका संस्थानका लागि सरकारले आर्थिक वर्ष ०७४/०७५ मा सो रकम लगानी गरेको छ । त्यस्तै निजकीरण भएका संस्थान सम्झौता तथा प्रस्तावनाअनुसार सञ्चालनमा नआएको पाइएको छ । त्यसैले सरकारी संस्थान राष्ट्रका लागि भार बन्दै गएका छन् । सबै संस्थान घाटामा गएपछि आर्थिक भारमात्र राज्यलाई छ ।

काठमाडौंमा रेल कहिले? शीर्षकको समाचारमा रेल सपना नेपालीका लागि नयाँ होइन। केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौं भनेर गरेका भाषण निकै पुराना भइसकेका छन्। त्यसैले यति बेला आमजनताको जिज्ञासा छ–भारत वा चीनबाट त्यस्तो रेल काठमाडौं कहिले आउला ? चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ। दुवै तर्फबाट काठमाडौंसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ। चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ।

०७५ वैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण क्रममा समकक्षी वाङ यीसमक्ष भनेका थिए, ‘नेपालबाट रेल चढेर बेइजिङ आउने मेरो सपना छ।’ वाङले मुस्कान छर्दै भनिहाले, ‘अब त्यो टाढा छैन र सम्बन्धको बाधक हिमाल हुन सक्दैन।’ तर, अहिलेसम्म रेल ल्याउन ठोस काम भएको छैन। मन्त्री ज्ञवालीसँग वाङले नेपालको विकासका लागि चीन सघाउन तयार रहेको बताएका थिए। विदेशमन्त्री वाङले बीआरआई परियोजनामा चिनियाँ रेललाई नेपालसँगको सहकार्यमा राख्नेमा जोड दिएका थिए। बीआरआईमा नेपाल सहमत भइसके पनि यसबाट कस्तो परियोजना लिने भन्ने स्पष्ट हुन सकेको छैन।

आक्रमक अख्तियार शीर्षकको अर्को समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।

लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो। ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए। अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर ग र्‍यो। यो घटना इतिहासकै नौलो थियो। यता अख्तियारकै प्रहरी सहायक निरीक्षक जन्म अधिकारी पनि १ लाख घुससहित समातिए। अधिकारीविरुद्ध अदालतमा घुस मुद्दा दायर भयो। अख्तियारभित्रकै पदाधिकारी र कर्मचारी भ्रष्टाचार तथा घुसमा मुछिए पनि यो वर्ष अख्तियारको सक्रियता निकै बढ्यो।

त्यस्तै विपक्षीमाथि प्रधानमन्त्री आक्रमक शीर्षकको समाचारमा पत्रिकाले प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दीभृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन्। नयाँ वर्षको पहिलो दिन आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता अभियान’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने दाबी पनि गरे।

११ विद्यार्थी संगठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलन आह्वान गरेका थिए। ‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दीभृंगी भेला भएछन् र आन्दोलन गर्छौं भनेछन्। म अरू केही भन्दिनँ, नगर्नुस् मात्र भन्छु,’ विपक्षी दलतर्फ लक्ष्य गर्दै ओलीले प्रश्न सोधे, ‘जसले आन्दोलन भनेर सिठी फुक्छ, त्यसैको पछि कुद्छन् नेपाली जनता ? के यो सम्भव छ ? ’

उनले स्थिरता, विकास र शान्तिका लागि जनताले मतदान गरेको भन्दै सोहीअनुसार सरकार बनेको बताए। ‘सरकारले देशका निम्ति काम गरेको छ। वृद्धवृद्धाको छेउमा सरकार ढाल्ने कुरा नगर्नुहोला। ढुंगा हान्छन्, परपर भन्नुस्। केटाकेटीले सुन्ने गरेर पनि नभन्नुहोला’, ओलीले चेतावनी दिँदै भने।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : २४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम