आयात रोक्न पहिलो पटक कानुन बन्दै | Khabarhub Khabarhub

आयात रोक्न पहिलो पटक कानुन बन्दै


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उच्च अदालतले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको नागरिक दैनिकमा खबरछ ।

सरकारले तयार पारेको सेफगाड्स, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको छ ।

त्यस्तै राष्ट्रियसभामा दुई करोडको खरिद, महासचिवको सहमतिबिना नै भूक्तानी शीर्षकको समाचारमा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको स्वीकृतिबिनै संसदको लेखा शाखाले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सचिवसहितको कार्यकक्षका लागि सामान खरिदबापतको १ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा महासचिवको ठाउँमा सचिवलाई स्वीकृत गराएर लेखाशाखाबाट फागुन २३ गते रकम निकासा गरिएको हो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका उपकुलपछि डा राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम