नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी पुगेपछि... | Khabarhub Khabarhub

नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी पुगेपछि…


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् ।

गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् ।

उनले कार्यक्रममा सहभागी हुँदै मनिषाका बाबा र आमालाई बधाई तथा शुभकामना दिइन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा लोकप्रिय नेता बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइराला र उनकी धर्मपत्नी सुष्मा कोइरालाले आफनो विवाहको पचास बर्ष पुगेको अवसरलाई सुवर्ण उत्सवको रुपमा मनाएका थिए ।

मातापिताको विवाह वर्षगाँठ मनाउन छोरी मनिषा र छोरा सिद्धार्थले काठमाडौको लाजिम्पाटस्थित एक होटेलमा आफ्ना इष्ट मित्र तथा पाहुनाहरुका लागि जलपानको आयोजना गरेका थिए ।

कोइराला दम्पतीको ५० औं वेडिङ एनिभर्सरीको विशेष कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना ससुरा पूर्वराजा ज्ञानेन्द्र शाहको बधाई र शुभकामना लिएर पुगेकी थिइन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ०५ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई