काठमाडौंमा यसरी मनाइयो सामा-चकेवा (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौंमा यसरी मनाइयो सामा-चकेवा (फोटो फिचर)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाजु तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको सामा–चकेवा पर्व थारु समुदायले हर्षोल्लासका साथ मनाएका छन् ।

समा–चकेवा पर्वको अन्तिम दिन परम्परा अनुसार दिदीबहिनीहरुले सामा–चकेवा र सात भाइलाई सेलाउनुका साथै चुगला र वृन्दावनलाई पूर्णरूपमा जलाई दाजुभाइलाई मिठो परिकार खुवाई सम्पन्न हुन्छ ।

कात्तिक शुक्ल द्वितीयाबाट शुरु भएको यो पर्वका अवसरमा सोही दिनदेखि प्रत्येक दिन सूर्योदय अघि नुहाएर शुद्ध खाना खाई पूर्णिमाको राति सामा–चकेवा सेलाएपछि पर्व समापन हुन्छ ।

काठमाडौमा बस्दै आएका मधेसी तथा थारु समुदायले सांस्कृतिक भेषभूषामा सजिएर सामा चकेवा पर्व मनाएका हुन् ।

भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तिहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् । सामा चकेवा पर्वका अवसरमा काठमाडौंको माइतीघर मण्डलामा विशेष पूजाआजा गरिएको थियो । केही तस्वीर

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : ५८ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्