अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई | Khabarhub Khabarhub

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

अर्थशास्त्र विधाको नोबेल पुरस्कार भारतीय मुलका अमेरिकी नागरिक अभिजित बेनर्जी, इश्वत डुफलो र माइकल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिन लागिएको हो ।

विश्वभरको गरिबी न्यूनिकरणका लागि उनीहरुले गरेको ‘एक्सपेरिमेन्ट एप्रोच’का लागि उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो । पछिल्लो २ दशकमा यो एप्रोचलेले ठूलो भूमिका खेलेको बताइन्छ । अहिले विश्वभर गरिबीको रेखामुनि रहेको जनसंख्या ७० करोडको हाराहारीमा रहेको तथ्यांक छ ।

भारतीय मुलका बेनर्जीले सन् १९८१ मा कोलकाता विश्वविद्यालयबाट बीएस्सी गरेका थिए भने १९८३ मा जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए भने अमेरिकाको हार्वड विश्वविद्यायलबाट १९८८ मा विद्यावारिधि गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : ५० बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा