१५ प्रश्नको उत्तर दिँदा करोडपति बने सनोज | Khabarhub Khabarhub

१५ प्रश्नको उत्तर दिँदा करोडपति बने सनोज


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘कौन बनेगा करोडपति’:  २०१९ को हट सिटमा बसेका जहानबादका सनोज रायलाई अमिताभ बच्चनले एक करोड रुपैयाँका लागि १५ औं प्रश्न गरेका थिए– भारतका कुन मुख्य न्यायाधीशका बाबु कुन राज्यको मुख्य मन्त्री बनेका थिए ?

सनोजले मलिन अनुहार बनाउँदै उत्तर दिए– रंजन गोगोई । उनले बताएको उत्तर ‘लक’ गरिएको थिएन । उनले आफ्नो बचेको अन्तिम लाइफ लाइन ‘आक्स टु एक्सपर्ट’को प्रयोग गर्ने निधो गरे । ‘अब बाँकी १६ औं प्रश्नका लागि लाइफ लाइन राखेर पनि काम छैन । त्यसैले अहिले नै प्रयोग गर्छु’ उनले भने ।

एक्सपर्टले पनि उनले भनेको उत्तरलाई नै भनिदिएपछि सनोजलाई झन सजिलो भयो । उक्त प्रश्नको सही जवाफ दिएपछि सनोज यो सिजनको पहिलो करोडपति बन्न सफल भए ।

सनोजले भने, ‘मैले जान्दाजान्दै पनि १५ औं प्रश्नमा लाइफ लाइनको प्रयोग गरेको थिएँ । किनकी यो प्रश्नपछि लाइफलाइनको कुनै औचित्य थिएन ।’

बिहारको जहानवाद जिल्ला, ढोंगरा गाँउका सानोज राय आइएएस (यूपीएससी)को परीक्षाको तयारीका लागि उनी दिल्लीमा थिए । उनले असिस्टेन्ट कमांडेटको परीक्षा समेत उत्तीर्ण गरिसकेका थिए । फाइनल सेलेक्सन पनि भइसकेको थियो । तर यो समयमा उनी मुम्बइमै छन् । सिजनको पहिलो करोडपति बनेसँगै उनको व्यस्तता बढेको छ । भारतीय मिडियाहरुले पनि उनलाई पछ्याइरहेका छन् ।

पश्चिम बंगालको वर्धमान युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङको ‘बी टेक’मा डिग्री हासिल गरेका सनोजले यसभन्दा पहिले पनि जागिर गरिसकेका थिए । तर आईएएसको तयारीका लागि उनले त्यो जागिर छाडेका थिए ।

केबीसीमा एक करोड जितेपछि सनोज भन्छन्– ‘केही रकम आफ्नो तयारीका लागि लगाउँछु । बाँकी पैसा बाबालाई दिन्छु र भाइसँग पनि माग्नुपर्ने अवस्था आउँदैन अब ।’

पारिवारिक विषयमा सनोज भन्छन्, ‘हामी किसान परिवारका हौं, पिता अझै पनि किसानी गर्छन् । संयुक्त परिवार छ हाम्रो ।’

कौन बनेका करोडपति पाएको अवसरका विषयमा सनोज भन्छन्, ‘जब म १४–१५ वर्षको थिएँ, त्यसबेलादेखि केबीसी हेरिरहेको छु । लाग्थ्यो मलाई पनि एक दिन त्यो सिटमा बस्नु छ । अमिताभ मेरो एकदमै मन पर्ने कलाकार हुन् । मेरो चाहाना थियो- उनको सामुन्ने बस्न पाऊँ । पछिल्लो ८ वर्ष यता हरेक वर्ष केबीसीका लागि सहभागिता जनाउने कोसिश गरिरहेको थिएँ । यसपटक मौका मिल्यो । एकदम खुशी लाग्यो ।’

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ४४ बजे

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज