दुनियाँकै खराब मान्छे !

कृष्ण अविरल

शनिबार, भदौ २८, २०७६

Reading Time: 7 minutes

दुनियाँकै खराब मान्छे !

कहिलेकाहीँ नदुखाऊँ भन्दाभन्दै पनि टाउको टन्किने गरी मन दुख्छ । नरिसाऊँ भन्दाभन्दै पनि पारो फुट्ने गरी रिस उठ्छ । दुनियाँ यस्तै हो भनेर आत्मसन्तोष दिलाउन खोज्दाखोज्दै पनि सम्हालिनै मुस्किल पर्ने गरी छटपटी हुन्छ ।

नबोलुँ भन्दाभन्दै पनि बोल्नु पर्ने, जान्न भनेर बाचा गरेको ठाउँमा जानु पर्ने, खान्न भनेको कुरा खानु पर्ने परिस्थिति त झन् मान्छेको जीवनमा कति आउँदारहेछन् कति !

कहिलेकाहीँ त लाग्छ, उल्टो बग्नु पर्ने बाध्यताको अर्को नाम नै जिन्दगी हो । आशैआशमा परिस्थितिको दास बन्नु पर्ने नियतिको अर्को नाम नै जिन्दगी हो ।

उल्टो बगाइले निम्त्याउने परिस्थितिको पहिलो शिकार आफैँ नबनेर अरु हुने कुरा पनि भएन । तर दोष अरुको थाप्लोमा नहाली हाम्रो चित्त पनि बुझ्दैन ।

निशंकोच भन्छौं– फलानोले गर्दा त हो नि । फलानोले धोका दिएकोले मेरो यो हालत भो । फलानोको बेइमानीले गर्दा मैले यति नोक्सानी व्यहोर्नु पर्‍यो ।

हरेकलाई उसको आँखाबाट हेर्ने हो भने दुनियाँमा कोही खराब देखिँदैन । दुष्टको दाम्लोमा कोही नारिँदैन । कृतघ्नको कोटीमा कोही दरिँदैन । लफंगा, चोर, फटाहा, अत्याचारी, व्यभिचारी, दुराचारी जस्ता शब्दहरु सब बेकार हुन्छन् । शब्दकोषमा मात्रै थन्क्याउनु पर्ने स्थिति आउँछ ।

तर हामी हरेकलाई आफ्नो आँखाले हेर्छौँ । हरेक परिस्थितिलाई आफू अनुकूल ब्याख्या गर्ने धृष्टता गरिरहन्छौं । अरुलाई खराब र आफूलाई दुनियाँको सबैभन्दा असल सावित गरिरहन्छौं । दुनियाँकै अब्बल र अक्कली हुने कोशिसमा रातोदिन भिडिरहेका हुन्छौं ।

मुखले आफू ‘असल हुँ’ भन्दै हिँड्ने काम विरलै गर्छन् । तर हरेक मान्छेको बोलीपिच्छे ‘म असल हुँ’ भन्ने दम्भ प्रकट भइरहेको हुन्छ ।

पाइलैपिच्छेको उसको व्यवहारमा ‘म’ प्रष्ट देखिइरहेको हुन्छ । जतिसुकै कोशिस गरे पनि दम्भलाई मान्छेले आफ्नो वशमा राख्नै सक्तैन । आफ्नो अहम्को प्रदर्शन गरेर मान्छे कहिल्यै थाक्न सक्दैन ।

यहाँ हरेक मान्छेलाई अरुभन्दा पृथक, अरुभन्दा अब्बल र अरुभन्दा सफल हुने आकांक्षा छ । दुनियाँमा जे जति गतिविधि भइरहेका छन् ती सबै तिनै उद्देश्य पूर्तिका लागि लक्षित छन् ।

योगसाधकहरु भन्छन्–नियमित अभ्यास गर्‍यो भने मनलाई वशमा राख्न सकिन्छ । शरीरका भित्री अंगहरुमा भइरहेका गतिविधिहरु बाहिरैबाट अनुभूत गर्न सकिन्छ । यतिसम्म कि पूर्वजन्मका कुरा समेत थाहा पाउन सकिन्छ भन्ने साधकहरु पनि मैले भेटेको छु । सत्य कति हो त्यो उनीहरु नै जानून् । तर मैले तिनका बोलीमा समेत ‘म अब्बल हुँ’ भन्ने दम्भ देख्ने गरेको छु ।

तपाईं हामीजस्ता साधारण मान्छेको के कुरा ? दुनियाँका भौतिक वस्तुलाई निस्सार देख्ने, व्यवहारिक जीवनबाट वैराग्गिएको बताउने साधु, जोगी र पण्डाहरुले समेत दम्भ देखाउनैका लागि ठाउँठाउँमा मान्छेको भीड भेला गरिरहेका भेटिन्छन् ।

टेलिभिजन च्यानलहरुबाट आफ्नो प्रवचन प्रशारण गराएर अरुभन्दा आफू अब्बल जोगी हुँ भन्ने दम्भ छरिरहेका देखिन्छन् । भोगी र जोगी मात्रै होइन, आफूलाई ‘मानव जातिको सेवामा समर्पित ईश्वरको अवतार हुँ’ भनाउनेहरु समेत अहम्बाटै ग्रसित हुन्छन् ।

यहाँ हरेक मान्छेलाई अरुभन्दा पृथक, अरुभन्दा अब्बल र अरुभन्दा सफल हुने आकांक्षा छ । दुनियाँमा जे जति गतिविधि भइरहेका छन् ती सबै तिनै उद्देश्य पूर्तिका लागि लक्षित छन् । तर भित्री रुपमा ऊ अरुभन्दा असल छु भन्ने भ्रम बाँड्न खोजिरहेको हुन्छ । उसका हरेक क्रियाकलाप त्यही आकांक्षाबाट निर्देशित हुन्छन् ।

आफूलाई अब्बल देखाउन अरुलाई दुर्वल वा वेकम्मा सावित गराउनु पर्ने हुन्छ । दौडमै पनि सबै खेलाडी एकैचोटि गन्तव्यमा पुगे भने कोही प्रथम सावित हुन सक्तैन । प्रथम घोषित हुनका लागि अरुभन्दा अगाडि फड्का मारेकै हुनु पर्छ । प्रतिष्पर्धीहरु भन्दा छिटो पाइला चालेकै हुनुपर्छ ।

हाम्रो दैनिक व्यवहारमा पनि सबै समान हुने हो भने को अब्बल ठहरिने ? त्यसैले हरेक मान्छेका क्रियाकलाप अरुलाई पछाडि पारेर आफूलाई अब्बल देखाउने उद्देश्यबाट निर्देशित हुन्छन् । त्यसका लागि कतिपयले त अरुलाई होच्याउने, तल खसालेर व्यवहार गर्ने गरिरहेका पनि देखिन्छन् । मानौं, उनीहरुको खेतीपाती भनेकै त्यही हो । अरुलाई नखसाइ, अरुलाई नहोच्याइ उनीहरुलाई खाएकै पच्दैन ।

अरुको चियोचर्चा, कुरा काट्ने, उपहास गर्ने, खिसी उडाउने काम नगरी आफ्नो काम मात्रै गरे पनि मान्छेले आफूलाई अरुभन्दा अब्बल सावित गराउन सक्छ । यसका अनेक उदाहारण भेटिन्छन् । तर मान्छेको मन यति आरिसे छ कि त्यो गर्नै चाहँदैन । आफ्नो कर्म मात्र गर्नका लागि ऊसँग धैर्य पनि छैन ।

कहिलेकाहीँ त म आफैँसँग अचम्ममा पर्छु– मान्छेको मनमा शान्ति बाँड्ने, लोकमा शान्ति बहालीको कामना गर्ने बाहनामा पुराण, यज्ञादि लगाउँछन् । अनि मध्यरातसम्म टोल नै थर्किने गरी माइक घन्काएर अरुको शान्तिमा खलल पुर्‍याइरहेका हुन्छन् !

आफ्नो टोलमा अरु धर्मका मान्छेहरु पनि बसेका हुनसक्छन्, उनीहरुको आस्था र विश्वासमा खलल पुर्‍याउनु भनेको मानवता विरोधी क्रियाकलाप हो भन्ने कुरा उनीहरुको चेतमा घुसको हेर्न अझै कति वर्ष कुर्नु पर्ने हो !

कलकलाउँदो युवा बय युद्धमा होमेकोमा पछुतो मान्दै तिनले आफूले आफैँलाई किन पिर्नु पथ्र्यो ! सर्वहारा वर्गको मुक्तिको नाममा ती नेताले आफ्नै छोरी, बुहारी, भाइभतिजा र आसेपासेहरुलाई पद दिलाएको टुलुटुलु किन हेर्नु पथ्र्यो !

भागवत महापुराण वाचन गर्नुअघि होस् या कुनै धार्मिक पण्डाले प्रवचन सुनाउनु अघि – शोभायात्रा नामको जुलुस निकालेर शहरको ट्राफिक व्यवस्थालाई केही घन्टाका लागि भए पनि खलल पुर्‍याउँछन् । गन्तब्यमा पुग्न हतारिएका हजारौंको कोशकोशमा तनावको ढल मिसाउँछन् । अनि सर्वसाथ भन्छन्– ‘मानव शान्तिका लागि शोभयात्रा निकाल्यौं !’

राजनीतिमा त यस्तो विरोधाभाष कति देख्न पाइन्छ कति ? हाम्रो देशको पछिल्लो स्थितिलाई हेर्ने हो भने पनि शोषण र सामान्तवादको उन्मूलनको कुरा गर्नेहरु नै सबैभन्दा ठूला शोषक र सामान्ती सावित भइरहेका छन् । सर्वहारावर्गको मुक्तिका नाममा सयौं मान्छेको रगतको खोलो बगाउन जनसाधारणलाई उक्साउनेहरु नै सबैभन्दा ठूला सामान्त हुने होडवाजीमा छन् ।

आफूलाई अब्बल सावित गराउनका लागि उपयोगितावादको नीति अख्तियार गरेर जनसाधारणलाई बलिका बोका बनाउनु टाठाबाठाहरुको हकअधिकार हो । जति बढी जनसाधारणलाई बेवकुफ बनाउन सक्यो उही ठूलो नेता ! जनतालाई जति झूटा आश्वासनमा जति भुलाउन सक्यो उही सफल नेता !

यदि त्यस्तो नहुन्थ्यो भने हिजो ज्यान हत्केलामा राखेर माओवादीको जनयुद्ध लडेका लडाकुहरुले आफूले आफूलाई धिक्कार्दै किन घर फिर्नु पथ्र्यो ! आफूले आदर्श मानेकाहरुलाई सत्तोश्राप गर्दै अरब कतार किन छिर्नु पथ्र्यो !

कलकलाउँदो युवा बय युद्धमा होमेकोमा पछुतो मान्दै तिनले आफूले आफैँलाई किन पिर्नु पथ्र्यो ! सर्वहारा वर्गको मुक्तिको नाममा ती नेताले आफ्नै छोरी, बुहारी, भाइभतिजा र आसेपासेहरुलाई पद दिलाएको टुलुटुलु किन हेर्नु पथ्र्यो !

कसैलाई उप्री माथि थुप्री ! पीडितको चै ढाड नै परिसक्यो कुप्री !

जव कसैले आफ्नो ढाडमा ईंटाले हिर्काउँछ र मेरो धैर्यको बाँध एकाएक भत्किन्छ, मेरा बाचाहरु एकाएक खलबलिन पुग्छन् । उसको धर्नासो खुस्किने गरी ढुंगाले नहिर्काइ मन शान्त हुँदैहुँदैन । सान्त्वनाको मल्हमले मनलाई छुँदैछुँदैन ।

स्थिति देख्दा लाग्छ–मानौं ढाँट र आडम्बरको अर्को नाम नै राजनीति हो । कपट र छल नीतिको अर्को नाम नै राजनीति हो । अरुको मोजमा मन दुखाउँदा आफैँलाई बोझ ।

यस्ता विरोधाभाषहरु समाजका हरेक क्षेत्रमा छन् । लाग्छ, विरोधाभाष नै दुनियाँको विशेषता हो । ती देखेर कहिलेकाहीँ म आफैँसँग छक्क पर्छु । र, आफूलाई नियाल्न थाल्छु, त्यतिखेर आफू टेकेको माटो नै हल्लिएजस्तो लाग्छ । मानव हुनुको सार्थकता खोज्ने रहर जाग्छ । यो धर्तीमा बाँच्ने आकाङ्क्षा नै पर भाग्छ । तर निसास्सिनुवाहेक कुनै उपाय भेट्दिन ।

भेटेपिच्छे दाजु कृष्ण धरावासी भन्ने गर्नुहुन्छ, ‘सबैको छुचो भएर समाजमा बाँच्न कठिन हुन्छ । आफूलाई सुधार ।’

केही दिनसम्म उहाँका विचार मनमा गढिरहन्छन् । अरु अनुकूल आफूलाई ढाल्दै पग्लेको मैन झैँ बन्न खोज्छु । सकारात्मक सोचका अनुयायी डेल कार्नेगीका विचारलाई अनुसरण गर्दै आफूसँग जोडिन आउने अरुका हरेक व्यवहारलाई तिनकै ठाउँमा उभिएर हेर्ने, उनीहरु नै भएर सोच्ने प्रयत्न गर्छु । मनलाई केही हदसम्म सान्त्वना त मिल्छ तर व्यवहार चौपट !

त्यसका वावजुद धेरैचोटि मैले आफूलाई सुधार्ने प्रयत्न गरेको छु । मानसिक पीडाको खोपिल्टोलाई सान्त्वनाको पानीले भरेको छु । मनमा अथाह वेदना भए पनि अरुका सामु मुस्कान छरेको छु । मान्छेले सामाजिक हुनुपर्ने यसरी नै त रहेछ !

तर जव कसैले आफ्नो ढाडमा ईंटाले हिर्काउँछ र मेरो धैर्यको बाँध एकाएक भत्किन्छ, मेरा बाचाहरु एकाएक खलबलिन पुग्छन् । उसको धर्नासो खुस्किने गरी ढुंगाले नहिर्काइ मन शान्त हुँदैहुँदैन । सान्त्वनाको मल्हमले मनलाई छुँदैछुँदैन ।

दोषी त आखिर मै हुँ नि !

भर्खर

0