च्याम्पियनन्स लिगमा रियल मड्रिड विजयी « Khabarhub

च्याम्पियनन्स लिगमा रियल मड्रिड विजयी


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– करिम बेञ्जिमा र मार्को एसेन्सियोले एक—एक गोल गर्दा रियल मड्रिडले च्याम्पियन्स लिग अन्तरर्गत अन्तिम १६ को पहिलो लेगमा अजाक्सविरुद्ध संघर्षपूर्ण जीत हात पारेको छ ।

साविक विजेता रियलले अजाक्सलाई उसैको घरेलु मैदान जोहान क्रुयुजेफ एरिना २—१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार राति घरेलु मैदानमा रियललाई पहिलो हाफसम्म गोलरहित बराबरी रोकेको अजाक्स ६० औं मिनेटमा लय गुमाउँदा १—० गोल अन्तरले रियलसँगपछि परेको थियो ।

बेञ्जिमाको गोलपछि पुन लय समात्न सफल अजाक्सका लागि हाकिम जियाभले ७५ औं मिनेटमा रियलविरुद्ध गोल फर्काउँदै खेललाई १—१ बराबरी बनाएको थियो ।

रोमाञ्चक खेलको ८७ औं मिनेटमा रियलका लागि असिन्सीयोले गोल गर्दै टिमलाई जीत दिलाएका थिए । पहिलो लेगमा पराजित अजेक्सले मार्च ५ मा पुन रियलविरुद्ध वर्नवाउमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : ०६ बजे

अदानचुली गाउँपालिकाले ल्यायो एक घर एक धारा नीति

हुम्ला– हुम्ला जिल्लाको दक्षिणीमा रहेको अदानचुली गाउँपालिकाले अदानचुलिका बस्तीमा  एक

आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यकता छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय

हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान

खोटाङ– खोटाङको त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि

चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन

गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोड बजेट

काठमाडौँ– गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु