सरकारका प्रस्ताव रोकेको भन्दै उपराज्यपालविरुद्ध मुख्यमन्त्रीको धर्ना | Khabarhub Khabarhub

सरकारका प्रस्ताव रोकेको भन्दै उपराज्यपालविरुद्ध मुख्यमन्त्रीको धर्ना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले विरोधका लागि अपनाएको धर्ना भारतका अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि सिको गर्न थालेका छन् । पछिल्लो समय पुडुचेरीका मुख्यमन्त्री बी नारायणसामी पनि आफ्ना योजना कार्यान्वयनका लागि सहयोग नभएको भन्दै उपराज्यपालविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

मुख्यमन्त्री सामीले उपराज्यपाल किरण वेदीले सरकारले विकास निर्माण र अन्य क्षेत्रको विकासका लागि गरिएका केही प्रस्ताव रोकेको आरोप लगाएका छन् ।

उनले आन्दोलनको शैलीलाई केही परिमार्जन गर्दै आफ्ना सहयोगीका साथ धर्ना बस्न बेदीको निवास सुरु गरेका छन् ।

मुख्यमन्त्री सामीले उपराज्यपाल किरण वेदीले सरकारले विकास निर्माण र अन्य क्षेत्रको विकासका लागि गरिएका केही प्रस्ताव रोकेको आरोप लगाएका छन् ।
उनले आन्दोलनको शैलीलाई केही परिमार्जन गर्दै आफ्ना सहयोगीका साथ धर्ना बस्न बेदीको निवास सुरु गरेका छन् ।

मुख्यमन्त्री सामीले उपराज्यपाल किरण वेदीले सरकारले विकास निर्माण र अन्य क्षेत्रको विकासका लागि गरिएका केही प्रस्ताव रोकेको आरोप लगाएका छन् ।

उनले आन्दोलनको शैलीलाई केही परिमार्जन गर्दै आफ्ना सहयोगीका साथ धर्ना बस्न बेदीको निवास ‘राज निवास’ को गेट अगाडिको सडकमा धर्ना बस्ने तय गरेका थिए ।

उपराज्यपाल वेदी र मुख्यमन्त्री सामीबीच सुरुमा चिठ्ठीमार्फत समस्या समाधानका लागि पहल भएको थियो ।

तर, नतिजामुखी काम नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिमण्डलका अन्य सदस्यसहित उपराज्यपाल विरुद्ध आन्दोलन गर्ने योजनासहित मुख्यमन्त्री सामी सडकमा उत्रिएका हुन्।

उपराज्यपाल बेदीले २१ फेब्रुअरीमा वार्ता गरी समस्या समाधान गर्ने बताएपनि मुख्यमन्त्री सामीले घरबाहिर आएर तत्काल वार्ता गर्नुपर्ने अडान राखेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री सामीले आफूले मागेका ३९ माग तत्काल सम्बोधन नभएपनि चालु योजनाको सञ्चालन, किसानका मुद्दालगायतका विषयमा चाँडै सहमति हुनुपर्ने बताए ।

आन्दोलनका क्रममा नारायणसामीले गरेको ट्‍वीट ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : ५८ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा