भानुजयन्तीमा प्रधानमन्त्रीको शुभकामना | Khabarhub Khabarhub

भानुजयन्तीमा प्रधानमन्त्रीको शुभकामना


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्तको जन्मजयन्तीमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भानुभक्तकै कवितामार्फत शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्-‘रिस राग कपट् छल छैन जाँहाँ
तब धर्म कती छ कती छ याँहाँ।
पशुका पति छन् रखवारि गरी
शिवकी पुरि कान्तिपुरी नगरी।।’
…..
नेपाली भाषालाई लेख्य परम्परामा स्थापित गरी नेपाली वाङ्मयमा अभूतपूर्व योगदान पुर्याउनु भएका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्तीको हार्दिक शुभकामना !’


नेपाल तथा नेपालीभाषी रहेका विश्वभर आज विविध कार्यक्रम गरी २०६औँ जन्मजयन्ती मनाइँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं १८७१ असार २९ गते भएको थियो।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीतालगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइन्छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ४५ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको