वाइफाइको स्पीड कसरी दोब्बर बनाउने केही यस्ता टिप्स | Khabarhub Khabarhub

वाइफाइको स्पीड कसरी दोब्बर बनाउने केही यस्ता टिप्स


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको पहुँच आममानिसहको हात हातमा पुगेसँगै त्यसको भरपूर प्रयोग गर्न उनहहरु हरेक उपाय अपनाउँछन् । अचेल सबैको हात हातमा मोबाइल हुन्छ ।

सबै इन्टरनेटमा जोडिएकै हुन्छन् । तर, इन्टरनेटको धिमा गतिले हैरानी सबैले भोगेका होलान् । मोबाइल तथा ल्यापटपमा वाईफाइ कनेक्सन त हुन्छ तर चल्दैन, चलेपनि एकदम ढिलो गतिमा । यस्तो कसरी फास्ट चलाउने, वाइफाइको स्पीड कसरी दोब्बर बनाउने केही यस्ता टिप्स छन् जसले इन्टरनेट फास्ट चल्छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले खरिद गरे अनुसार सजिलै सो बमोजिमको स्पीड दिने गरेका हुँदैनन् । केही तरिका अपनाउनुभयो भने स्पिडको इन्टरनेट चलाउन पाउँनुहुनेछ ।

तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ । जुन तरिका निम्न छन्–

राउटर राखिएको स्थानः तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईँले राउटरलाई भुईँमा राखनुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् । त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ । बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस् ।

कति दूरीमा छ वाईफाई राउटरः हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ। राउटर को क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ ।

उदाहरणको लागि कुनै राउटरले ३०० मीटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले ३० मीटरसम्मको मात्रै । त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

वरिपरिको वातावरणः वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो ।

वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्री हरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

कुन दिशामा वाईफाई राउटर राख्नेः वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

रिपीटर डिभाइसको प्रयोगः यदि माथिका सबै टिप्सहरु ध्यान पूर्वक प्रयोग गरिसक्नुभएको छ र अझैपनि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ ।

वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केही बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ ।

रिपीटरको सहयोगबाट तपाईँको राउटरले धेरै एरिया कभरेज गर्दछ । यदि तपाईँ ठूलो एरियाको लागि वाईफाई प्रयोग गर्न चाहनुहुन्छ भने यस्तो रिपीटर डिभाइस प्रयोग गर्न सक्नुहुनेछ ।

माथि दिईएका टिप्सहरुलाई ध्यानपूर्वक लागू गर्नुभयो भने तपाईँको वाईफाई राउटरको समस्या र सुस्त गतिको स्पीडमा दोब्बरले सुधार पक्कै आउने छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड