कृत्रिमरुपमा बजेटको आकार ठूलो बनाइयो– पूर्वअर्थमन्त्री डा महत | Khabarhub Khabarhub

कृत्रिमरुपमा बजेटको आकार ठूलो बनाइयो– पूर्वअर्थमन्त्री डा महत


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले ऋण लिएर बजेटको आकार बढाइए को बताए ।

चितवनमा पत्रकारसँगको कुराकानीमा पूर्वअर्थमन्त्री डा महतले एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने दाबी गरे ।

डा महतले भने, “जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।” आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनको भनाइ थियो ।

वर्तमान सरकारप्रति सर्वसाधारण र वौदिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उनले दाबी गरे ।

काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने उनको को भनाइ थियो । मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : ४६ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित