भाषा परीक्षाभन्दा सीप परीक्षणको अंक बढी, ईपीएस पास भएपछि फेरि जाँच | Khabarhub Khabarhub

भाषा परीक्षाभन्दा सीप परीक्षणको अंक बढी, ईपीएस पास भएपछि फेरि जाँच


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया रोजगारीमा जाने श्रमिकले भाषाभन्दा सीप परीक्षणको परीक्षा बढी अंकको दिनुपर्ने भएको छ ।

सन् २०२० का लागि कोरियन भाषा परीक्षामा सहभागि भइ उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षण धेरै अंकको दिनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाले जानकारी दिएको छ । सन् २०२०का लागि कोरिया जान चाहनेले गत हप्ता परीक्षा दिएका थिए । परीक्षाको नतिजा असार १३ गते प्रकाशन हुनेछ ।

कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । अब उक्त भाषा परीक्षामा पास भएको खण्डमा १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागि हुनुपर्ने छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । अब उक्त परीक्षा पास भएको खण्डमा सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने शाखाले जानकारी दिएको छ ।

गत वर्षहरुमा भाषा परीक्षा पास गरेका परीक्षार्थीहरुको सामान्य सीप परीक्षण गरिँदै आएको थियो । तर, अब भने भाषा परीक्षा पास गरेपछि सीप परीक्षण अनिवार्य पास गर्नुपर्ने छ ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो । उक्त कोटाका लागि ८४ हजारभन्दा बढी युवाले कोरियन भाषा परीक्षा दिएका छन् ।

कोरियन भाषासँगै सीप परिक्षण पनि अनिवार्य गरिएको शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए ।

विगतका वर्षमा जस्तो कोरियन भाषा पास हुँदै सामान्य सीप परीक्षण गराएर अब कोरियाको रोजगारीमा जाने पाउने अवस्था नभएको प्रमुख खनालले बताए ।

‘भाषा उत्तीर्ण भएपनि सीप परीक्षणमा असफल भए रोजगारीका लागि कोरिया जान मिल्दैन’ प्रमुख खनालले भने,‘भाषासँगै सीप परीक्षण पनि उत्तीर्ण गर्नुपर्छ । कोरियाको मानव सशाधन केन्द्रले भाषालाई भन्दा सीप परीक्षणलाई जोड दिइरहेको छ । भाषा परीक्षा पास भएर रोजगारीका लागि कोरिया पुगेका कामदारलाई उता पुगेर समस्या नहोस् भनेर सीप परीक्षणलाई प्रथामिकतामा राखिएको हो ।’

भाषा परीक्षा भन्दा सीपको धेरै आवश्यकता हुने उनको भनाइ छ ।

नेपालबाट भाषा परीक्षा पास भएर गएका श्रमिकमा कोरिया पुगेपछि काम गर्न नजान्न समस्या उत्पन्न हुने गरेको शाखाले जनाएको छ । पछिल्लो समय सीप नभएका युवा वैदेशिक रोजगारीमा जादाँ कार्यस्थलमा अंगभंग हुने र मृत्युसमेत हुने गरेको छ ।

भाषा मात्र अध्ययन गरेर कोरिया पुगेका युवामा पनि यस्तो समस्या देखिएपछि कोरिया सरकारले सीप परीक्षण अनिवार्य गर्ने लागिएको हो ।
पछिल्लो समय कोरियन भाषामार्फत रोजगारीमा जाने नेपाली युवाको आकर्षण बढ्दो छ । देशमा रोजगारीको अवसर नभएका कारण कोरिया जान चाहेको भाषा परीक्षामा सहभागीहरुले बताएका थिए ।

बार्षिक १० हजारको हाराहारीमा युवाहरु इपीएसका माध्यमबाट कोरिया पुग्ने गरेका छन् ।

हाल, कोरियामा ४० हजारभन्दा धेरै नेपाली युवा रोजगारीमा कार्यरत रहेका शाखाले जनाएको छ । सन् २००८ यता ६० हजार युवा कोरियन भाषा उत्तीर्ण गरि रोजगारीका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : २२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम