खल्तीमा चरेश बोकेर विमानस्थल पुगेपछि... | Khabarhub Khabarhub

खल्तीमा चरेश बोकेर विमानस्थल पुगेपछि…


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) र विमानस्थल सुरक्षा गार्डको कार्यालयले कुकुरको प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।

विमानस्थलमा रहेको एनसीबीको शाखा कार्यालय र सुरक्षा गार्डको कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चड्के चेकजाँच गर्दा एक जनालाई चरेशसहित पक्राउ गरेको हो ।

प्रहरीको टोलीले केनाइन कुकुरको मद्दतबाट ४.५ ग्राम चरेशरहित अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको पार्किङ र्‍याडबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको पिपलबोट घर भएका ४३ वर्षीय राजु श्रेष्ठ छन् ।

प्रहरीसँगको बयानका क्रममा राजुले आफूलाई रेवा पुरी नाम गरेका व्यक्तिले चरेश दिएको बताएका थिए । राजुको बयानका आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–८ घर भएका रेवा पुरीलाई पनि काठमाडौंको तिलगंगा एरियाबाट पक्राउ गरेको छ । रेवाको साथबाट ३८० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न बसस्टसहित बसपार्क र एयरपोर्ट क्षेत्रमा लागू औषधको कारोबार हुने गरेको भेटिए पनि प्रहरीले छड्के चेकजाँच गरेको हो ।

प्रहरीका अनुसार बसपार्क र एयरपोर्टमा पुग्ने यात्रुलाई लागू औषध बिक्री गर्ने समूह नै सक्रिय छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ३ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम