रोजगारीका लागि जापान जानेलाई निरोगी स्वस्थ्य प्रमाणपत्र अनिवार्य | Khabarhub Khabarhub

रोजगारीका लागि जापान जानेलाई निरोगी स्वस्थ्य प्रमाणपत्र अनिवार्य


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि जापान जाने विदेशी नागरिकले निरोगिताको प्रमाणपत्र पेश गुर्नपर्ने भएको छ ।

जापान सरकारले आप्रवासी कामदारहरुका लागि निरोगिताको प्रमाणपत्र(मेडिकल सर्टिफिकेट) अनिवार्य पेश गर्नु पर्ने योजना ल्याएको छ । जापानको न्याय मन्त्रालयले विदेशी कामदारको हकमा यो नियम अनिवार्य गर्ने लागेको जनाएको छ ।

जापानमा विदेशी नागरिकबीच क्षयरोग (टीबी) तिव्र रुपमा फैलिँदै गएपछि आप्रवासी कामदारमा त्यसको जाँच आवश्यक बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा काम गर्न जाने कामदारले उनीहरु काम गर्न सक्षम रहेको भन्ने सुनिश्चित गरिएको चिकित्सकको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने नयाँ नियम पनि लागू हुने मन्त्रालयले जनाएको छ ।

जापान सरकारले स्वदेशी तथा विदेशी कामदारको हकमा रक्तचाप, क्षयरोग लगायतका रोगलाई कम गदै लैजाने लक्ष्य लिएको छ ।

सर्टिफिकेटलाई कामदारले जापानी अध्यागमन विभागमा नै बुझाउनु पर्ने छ । जापान सरकारले त्यहाँको चरम कामदार अभाव कम गर्न आगामी महिनाबाट विदेशी कामदार लिने पनि बताएको छ । भने यसका लागि कामदार लिन देशसँग श्रम सम्झौताका लागि पहल गरिरहेको छ ।

जापानमा करिब ६० हजार नेपाली कामदारको रुपमा रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ११ : ४५ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका