साढे २१ घन्टा नेपाल बसेर चीन फर्किए चिनियाँ राष्ट्रपति सी | Khabarhub Khabarhub

साढे २१ घन्टा नेपाल बसेर चीन फर्किए चिनियाँ राष्ट्रपति सी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् ।

सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसहितका नेता विमानस्थल पुगेका थिए ।

शनिवार अपराह्न ४ : ४५ मा नेपाल आएका चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए ।

ओलीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

शनिवार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति सीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न विषयका समझदारीमा हस्ताक्षर एवं पत्र आदानप्रदान भएको छ । त्यसअघि चीन र नेपालका उच्च स्तरीय टोलीबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ३० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न