आईसीसी बोर्ड बैठक आज, क्यान निलम्बन फुकुवाको सम्भावना | Khabarhub Khabarhub

आईसीसी बोर्ड बैठक आज, क्यान निलम्बन फुकुवाको सम्भावना


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठक आज बस्दैछ।

आइतबार बस्ने बैठकबाट झण्डै ४ बर्षदेखिको आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा हुने अपेक्षा नेपाली क्रिकेट जगतको छ।

आईसीसीकै रोडम्याप अनुसार बनेको स्वतन्त्र कमिटीको संयोजकत्वमा असोज ११ गते क्यानको नेतृत्वमा चतुरबहादुर चन्दको टोली आइसकेको छ ।

क्यान निर्वाचन भएसँगै क्यानको निलम्बन फुकुवा हुने गरि वातावरण तयार बन्न सक्ने नव निर्वाचित सचिव असोकनाथ प्याकुरेलले बताएका छन् ।

आईसीसीको बोर्ड बैठक आज बस्ने भनिएपनि कति बजे बस्ने भन्नेबारे भने क्यानलाई जानकारी नरहेको प्याकुरेलले बताए ।

‘आज बैठक बस्ने भन्ने हामीले पनि जानकारी पाएका हौं तर, कति बजे बस्ने भन्ने जानकारी छैन्। आजको बैठकले निलम्बन फुकुवा नै भएको भन्ने घोषणा नहुन सक्छ,´ सचिव प्याकुरेलले भने, तर, निलम्बन फुकुवाको प्रक्रियामा जान सक्छ । हामी त्यसैगरी तयार हुनुपर्छ। निलम्बन फुकुवा हुन त लामो प्रक्रिया लाग्छ ।´

आज बस्ने आईसीसी बैठकबाट नेपाली क्रिकेटका लागि सुखद् समाचार भने आउनसक्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ३४ बजे

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको