लोक सेवाको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन | Khabarhub Khabarhub

लोक सेवाको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी माग गर्दै आह्वान गरेको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ ।

विभिन्न जनजातिसंग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रर्दशन गरेका हुन् ।

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चित गरेको सन्र्दभमा राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोक सेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसंग सामान्य झडप समेत भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ०९ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्