संसदको शुन्य समयमा सांसदको प्रश्न– सुगौली सन्धिको दस्तावेज हराएको हो ? | Khabarhub Khabarhub

संसदको शुन्य समयमा सांसदको प्रश्न– सुगौली सन्धिको दस्तावेज हराएको हो ?


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद टेक बहादुर बस्नेतले श्रम ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐनअनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराए ।

सांसद दिल बहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिपक प्रकाश भट्टले पर्यटन वर्ष मनाउने क्रममा सुदूरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने भन्दै टनकपुर नाका संञ्चालनमा ल्याएर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद देव प्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने धेरै पुलहरु बगाएर लगेको र ती पुलहरु अहिलेसम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डाक्टर नारायण खड्काले १८१५ को सुगौली सन्धि र १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सीमा सन्धि तथा महत्वपूर्ण दस्तावेजहरु हराएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै यस्ता महत्वपूर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै सम्बन्धित मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ०६ बजे

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त