मधुमेह भएको छ ? यी हुन् नियन्त्रणका उपाय | Khabarhub Khabarhub

मधुमेह भएको छ ? यी हुन् नियन्त्रणका उपाय


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मधुमेहका बिरामीहरु बढ्दै गएका छन् । मधुमेहले शरीरका हरेक कोशिकालाई नकारात्मक प्रभाव पार्ने गर्छ । मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलिया, चिल्लो तथा उष्ण भोजन हो । योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । मधुमेह नियन्त्रणका लागि विभिन्न जडिबुटी सेवन गर्दा पनि फाइदा हुन्छ ।

जामुनको बियाँ
जामुन अथवा जमुनाको सुकेको बिउलाई धुँलो बनाएर मनतातो पानीसँग खानाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

तेजपत्ता
यो नेपाली भान्छामा नछुट्ने मसाला मध्ये एक हो । यसलाई खानामा नियमित समावेश गरे मधुमेहका रोगीलाइ लाभ हुन्छ ।

करेलाको रस
करेलाको रस पनि मधुमेहका बिरामीका लागि निकै उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । २० मिलिलिटर करेलाको जुस हरेक दिनको भोजनमा समावेश गर्दा उत्तम हुन्छ ।

बेसार
बेसार आफैमा एक औषधि हो । यसको नियमति प्रयोगले मधुमेह घटाउन निकै मद्दत गर्छ ।

मेथी
मधुमेहका बिरामीले मेथीको धुलो बनाएर नियमित एक चम्चाको दरले सेवन गर्दा रगतमा चिनीको मात्रा घट्छ भने सामान्य मानिसले पनि नियमित सेवन गर्दा मधुमेह लाग्ने जोखिम कम हुन्छ ।

हर्रो
हर्रो पनि मधुमेह नियन्त्रणका  दैनिक सेवन गरेमा धेरै फाइदा मिल्छ ।  टर्रो रस भएका जति पनि खानेकुरा, फलफूल तथा जडिबुटी छन्, ती सबै मधुमेह नियन्त्रणका लागि निकै उपयोगी हुन्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ३० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत