अमेरिकाले रिजेक्ट गरिदियो सन्दीप लामिछानेको भिसा | Khabarhub Khabarhub

अमेरिकाले रिजेक्ट गरिदियो सन्दीप लामिछानेको भिसा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार  गरेको छ । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीप मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिन गएका थिए । तर, अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले पनि सन्दीपको भिसा अस्वीकार भएको पुष्टि गरेका छन् । सन्दीपले सामाजिक संजाल ट्वीटरमा अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै नेपाल सरकारलाई गुहारेका छन् ।

उनले आफु सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको उल्लेख गर्दै ट्वीट गरेका हुन् । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत विभिन्न उच्च पदस्त व्यक्तिहरुलाई ट्वीट मेन्सन समेत गरेका छन् ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट सीपीएल खेल्ने छन् ।

 

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ११ : ४७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड