बजार विस्तार गर्न सरकारलाई किसान आयोगको सुझाव | Khabarhub Khabarhub

बजार विस्तार गर्न सरकारलाई किसान आयोगको सुझाव


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय किसान आयोगले तत्काल फलफूल तथा तरकारी बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले ५ वर्ष भित्र कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले फलफूल तथा तरकारी बजारको उचित व्यवस्थापन गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २५ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनसंख्या बढदै गएकाले कालिमाटी फलफूल तथा तरकारी बजारको विस्तार पनि तत्काल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असार समान्तसम्मको खुद मुनाफा ३ करोड ७८ लाख ४० हजार रहेको पनि जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ५६ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्