घुससहित प्रहरीका असई र फर्निचर व्यवसायी पक्राउ | Khabarhub Khabarhub

घुससहित प्रहरीका असई र फर्निचर व्यवसायी पक्राउ


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले औरही प्रहरी चौकीका असई राम नरेश साह तेलीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भारतीय सीमावर्ती बजारबाट घरमा प्रयोग हुने विद्युतीय सामग्री ल्याउन सहज घराइदिने भन्दै स्थानीयसँग घुस मागेका थिए ।

स्थानीयको उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले असई तेलीलाई १० हजार रुपैयाँ घुस लिँदा लिँदै मंगलवार प्रहरी चौकीबाटै पक्राउ गरेको थियो । असई तेलीसहित अख्तियारले घुस दिँदै गरेको अवस्थामा स्थानीय फर्निचर व्यवसायी दिनेश साहलाई पनि पक्राउ गरेको थियो । तर, स्थानीयको भीडले दुवैजनालाई भगाउन मद्दत गरेपछि अख्तियारको टोली फर्किएको थियो ।

अख्तियारले घुस लिँदा लिँदै पक्राउ गर्दा फरार भएका दुवैजनालाई बुधवार पक्राउ गरेको हो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : ०९ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित