ठगीको आरोपमा अधिवक्ता शिवाकोटी पक्राउ | Khabarhub Khabarhub

ठगीको आरोपमा अधिवक्ता शिवाकोटी पक्राउ


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रहरीले विभिन्न व्यक्तिबाट झन्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा अधिवक्ता गोपाल शिवाकोटीलाई पक्राउ गरेको छ ।

विभिन्न ६७ जनालाई ठगी गरेको उजुरीकमा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शिवाकोटीलाई मंगलबार कीर्तिपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त लामाका अनुसार, शिवाकोटीले काठमाडौंमा कन्सल्टेन्सी खोल्ने भन्दै अधिवक्ताहरूबाट दुई करोड ७६ लाख रुपैयाँ उठाएर ठगी गरेका हुन् ।

एजुकेशन कन्सल्टेन्सी नखोलिकन रकम पचाउन खोजेको भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझा लगायतले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले शिवाकोटीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : १० बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्