प्रधानमन्त्री ओली फ्रान्सको राजधानी पेरिसमा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली फ्रान्सको राजधानी पेरिसमा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली मुलुकहरुको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको राजधानी पेरिस पुगेका छन् ।

संयुक्त अधिराज्य (बेलायत)को औपचारिक भ्रमण सकेका प्रधानमन्त्री ३ दिने भ्रमणका लागि फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।

बेलायतबाट रेल यात्रामार्फत पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा प्रधानमन्त्री ओलीलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि पेरिस पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन पनि गरे । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे ।

बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सरिस भएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १ : २२ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा