ओम अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु | Khabarhub Khabarhub

ओम अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या भएकाले उपचारका लागि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको  मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी थापाको उपचारका क्रममा  मृत्यु भएको भन्दै अस्पताल प्रशासनले बिहीबार विहान मात्रै आफन्तलाई जानकारी दिएको थियो ।

आफन्तले अस्पतालको लापारबाहीको कारण बिरामीको मृत्यु भएको अरोप लगाएका छन् । मृतकका आफन्तले चिकित्सकको कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेपछि ओम अस्पताल केही समय तनावपूर्ण बनेको थियो ।

अहिले प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १ : ३३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ