भारतमा ५० डिग्रीको गर्मी, तातो हावाले गुडिरहेको रेलमा ४ जनाको ज्यान गयो | Khabarhub Khabarhub

भारतमा ५० डिग्रीको गर्मी, तातो हावाले गुडिरहेको रेलमा ४ जनाको ज्यान गयो


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेल भित्रै चार जना यात्रुको मृत्यु भएको हो ।

६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । अत्यधिक गर्मीका कारण केहि यात्रुहरु बेहोस भए पछि चिकित्सक बोलाइएको थियो ।

चिकित्सकले चारैजनालाई मृत घोषित गरेका हुन । चिकित्सकले मृत घोषणा गरेपछि उनीहरुको शव झाँसी रेल स्टेशनबाट निकालिएको हो । सो ठाँउको तापक्रम सोमबार ५० डिग्री सेल्सियस पुगेको थियो भने अहिले पनि भारका अधिकांश क्षेत्रको औसत तापक्रम ४५ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ । इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : ५८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड