पहिरनका कारण विमान चढ्न दिइएन यी २१ वर्षीया युवतीलाई ! | Khabarhub Khabarhub

पहिरनका कारण विमान चढ्न दिइएन यी २१ वर्षीया युवतीलाई !


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लण्डन– कहिलेकाँही विचित्र घटना देख्न र सुन्न पाइन्छ । हालै ब्रिटेनमा एउटा यस्तो रोचक घटना भयो जहाँ एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको थियो ।

बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । एयरलाइन्सका कर्मचारीले उनको पहिरनलाई ‘भड्किलो’ भन्दै विमानभित्र प्रवेशमा रोक लगाएका थिए ।

उनलाई कर्मचारीले दुइ विकल्प दिए कि त आफ्नो शरीर ढाक्ने लुगा लगाऊ कि त विमान सवार नगर । बर्मिंघम एयरपोर्टमा २१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जान लागेकी थिइन। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन।

मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाएका थिए।

यवती भन्छिन ‘यो मेरो जीवनको सबै भन्दा खराब पल हो।’ युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् । उनकै पछाडी उभिएको एक व्यक्तिलाई कपडा फेर्न लगाइन जबकी उनले सर्ट र वेस्ट टप लगाएकी थिइन् । युवतीले यो नराम्रो अनुभव ट्वीटर मार्फत शेयर गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन् ।

एमिलीको ट्वीटपछि भने यस्तो असंवेदनशील व्यवहार देखेर सबैले थामस कुक एयरलाइन्सको आलोचना गरे । त्यसपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग व्यक्तिगत र आधिकारिक बयान जारी गरि माफी मागेका छन्।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ५५ बजे

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु