सञ्चार माध्यममाथिको उच्छृङ्खल कार्य निन्दनीयः कांग्रेस « Khabarhub

सञ्चार माध्यममाथिको उच्छृङ्खल कार्य निन्दनीयः कांग्रेस


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले एभिन्यूज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रेज्ञ विज्ञप्ती जारी गर्दै निश्चित समाचार प्रसारणका कारण होस् या व्यक्तिगत अथवा अन्य कुनैपनि कारणले कुनैपनि संचार माध्यममाथि भौतिक क्षति पुग्ने उच्छृङ्खल कार्य जो कसैबाट भएको भए पनि त्यो अत्यन्तै निन्दनीय भएका बताएका छन् ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद् छ । एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।’

कांग्रेसले विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ११ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन