इराक पुर्‍याउन दिल्लीमा सेटिङ, एजेन्टले घरधनीसँगै पहिल्यै लिन्छन ५ हजार डलर | Khabarhub Khabarhub

इराक पुर्‍याउन दिल्लीमा सेटिङ, एजेन्टले घरधनीसँगै पहिल्यै लिन्छन ५ हजार डलर


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगारीमा जाने धेरै महिला इराममा फस्ने गरेको पछिल्लो तथ्यांक आएको छ । इराकमा कामदार पुर्‍याउन भारतमा सेटिङ हुने गरेको छ । नेपालबाट भारत पुर्‍याइएका महिलालाई दलालहरुले सोझै इराक पठाउने गरेका छन् । त्यहाँ पुगेपछि उद्धार गरी फर्काउन निक्कै मुस्किल रहेको छ ।

फर्केका नेपाली महिला कामदारका अनुसार इराकमा सबैभन्दा धेरै घरेलु महिला कामदारको माग छ । इराकमै कार्यरत नेपाली र भारतीय एजेन्टहरुले गैरकानुनी बाटो हुँदै नेपाली महिलालाई इराक पुर्‍याउने गरेको कान्तिपुर दैनिकमा खबर छ । इराकको कुर्दिस्तान, बासरा र बगदाद क्षेत्रमा सबैभन्दा धेरै नेपाली पुगेका छन् । घरधनीले महिला कामदार लैजान एजेन्टलाई पहिल्यै ४ देखि ५ हजार डलर बुझाउने गरेका छन् ।

त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण गतिविधिलाई सरकारले प्रतिबन्धित गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा गतिहिन भएको छ । पार्टीका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको १० महिना बित्दा पनि एकीकरण पूरा नहुनु र राजनीतिक प्रतिवेदन प्रकाशित नहुनुले उच्च नेतृत्वमाथि नैतिक प्रश्न खडा गरेको बताएका छन् । तर, पार्टीका महासचिव विष्णु पौडेलले भने अहिले अध्यक्षहरुले नै एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका कारण तीव्रगतिमा काम भइरहेको र चाँडै एकता प्रक्रिया टुंगिने बताएका छन् ।

साना उद्योगमा विदेशी लगानी खुला नगर्न दबाब, संसद अधिवेशन चैत दोस्रो सातासम्मलगायतका खबर प्रकाशित भएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : १० बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा