सिद्धबाबालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति « Khabarhub

सिद्धबाबालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले शुक्रबार सिद्धबाबामाथि अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको हो ।

सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबा भनिने गिरीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

जिल्ला अदालत सुनसरीले गिरीलाई पक्राउ गर्न अनुमति दिएपछि उनी गत मंसिर १३ गते नै अस्पताल भर्ना भएका थिए । प्रहरीले गत सोमबार (मंसिर १६ गते) गिरीलाई अस्पतालबाट ‘पक्राउ’ गरी अदालतमा उपस्थित गराएको थियो ।

तर, गिरी भने आफूलाई मुटुको समस्या रहेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमै छन् ।


सिद्धबाबाका काण्ड– भूमिगत समाधीदेखि बलात्कारको आरोपसम्म

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ०० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष