२ किलो चाँदीसहित विमानस्थलबाट भुटानी नागरिक पक्राउ | Khabarhub Khabarhub

२ किलो चाँदीसहित विमानस्थलबाट भुटानी नागरिक पक्राउ


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले २ किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘होल्ड ब्यागेज’ जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको बिस्कुट आकारमा १४ वटा टुक्रा चाँदी फेला पारिएको जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले अवैध रुपमा भन्सार छलेर चाँदी विदेश लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताए ।

पक्राउ परेका भुटानी नागरिकलाई बरामद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ५३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय