सीको स्वागतका लागि सडकमा निस्किए सरकारी कर्मचारी | Khabarhub Khabarhub

सीको स्वागतका लागि सडकमा निस्किए सरकारी कर्मचारी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारी कर्मचारीहरु सडकमा उत्रिएका छन् ।

नेपाल र चीनको झण्डासहित सरकारी कर्मचारीहरु सीको स्वागतका लागि सडकमा उत्रिएका हुन् ।

सी केही समय अगाडि मात्रै काठमाडौं आइपुगेका छन् । चाइना एयरको विशेष विमानमार्फत काठमाडौं आइपुगेका सी विमानस्थलबाट केही समय आरामका लागि काठमाडौंको ताहाचलस्थित सोल्टी होटेल पुग्नेछन् ।

निजामति कर्मचारीसहित विभिन्न सरकारी संस्था र संस्थानमा कार्यरत कर्मचारीहरु सीको सवारी हुने बाटोमा स्वागतका लागि उत्रिएका हुन् ।

सरकारले काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालयका सबै कर्मचारीलाई सीको स्वागतका लागि सडकमा उत्रिन उर्दी जारी गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजकत्वमा सरकारी कर्मचारीहरु सीको स्वागतका लागि सडकमा उत्रिएका हुन् ।

काठमाडौं उत्रिएका सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै स्वागत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मानगारत (राजकीय सलामी) अर्पण गर्ने छ ।

सीको स्वागतका लागि विमानस्थलमै विभिन्न झाँकी तथा नेपाली मौलिक संस्कृति झल्किने विभिन्न कार्यक्रम पनि प्रदर्शन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : २८ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४