नेपाल चीन सम्बन्ध : विगतदेखि वर्तमानसम्म | Khabarhub Khabarhub

नेपाल चीन सम्बन्ध : विगतदेखि वर्तमानसम्म



काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपतिको नेपाल भ्रमण अहिले चर्चामा छ ।

नेपालको उच्च सरकारी नेतृत्वले कैयौँपटक चीनको भ्रमण गरिरहेका बेला चीनबाट हुन लागेको चिनिया राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

त्यसकै तयारीस्वरुप सरकारले सडक सिगार्नेदेखि अन्य तयारी समेत गरिरहेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला विभिन्न परियोजनामा हस्ताक्षर गर्ने तयारी समेत छ ।

नेपालले सबैभन्दा धेरै महत्व दिएको भनेको केरुङ–काठमाडौँ रेलमार्ग चीनको सहयोगमा बनाउने विषय राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा सम्झौता गर्ने विषयमा परराष्ट्र मन्त्रालयले मस्यौदा तयार गरेको बताइएको छ ।

चिनियाँ र नेपाली उच्च अधिकारीको भ्रमण

चीन र नेपालका बिचमा दौत्य सम्बन्ध स्थापना भएको ६ दशक बितेको भएपनि पाँचौँ शताब्दीमा चीनका भिक्षु फासियान र नेपालका भिक्षु बुद्धभद्रले दुई देशबीच धार्मिक तथा सांस्कृतिक आदान–प्रदानको शुभारम्भ गरेको देखिन्छ ।

तत्कालीन राजकुमारी भृकुटीको विवाह स्रङचङ गम्पोसँग भएपछि नेपाल र चीनबिचको सम्बन्धको शुरुवात भएको मानिन्छ ।

सरकारी तहमा सन् १९५५ मा चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएपछि भने १४ सय १२ किलोमिटर सीमा जोडिएका दुई मुलुकबिचको उच्चस्तरीय भ्रमण हुुनुलाई ऐतिहासिक भनिएको छ ।

चिनियाँ प्रधानमन्त्री तहबाट १९५० मा चाउ एनलाईको नेपालमा दुईपटक भ्रमण भएको थियो । सन् १९७८ मा वरिष्ठ नेता देङ सियाओ पिङ, १९८० मा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीको नेपाल भ्रमण अलि बाक्लो भएको इतिहास छ ।

सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनपछि सन् २००१ मा प्रधानमन्त्री झु रुङ्जी र २०१२ मा वेन जिया बाओको भ्रमण भएको थियो ।

राष्ट्रपतिस्तरको भ्रमणमा भने सन् १९९६ देखि २०१९ सम्म २३ वर्ष ‘ग्याप’ रहेपनि अहिले भने चिनिया राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गरेकी थिइन् ।

संघीय गणतन्त्र नेपालको स्थापनापछि नेपालका राष्ट्रपतिले पहिलोपटक चीनको राजकीय भ्रमण गरेकी थिइन् । बेइजिङमा राष्ट्रपति भण्डारीले ‘बेल्ट एन्ड रोड’सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहयोग सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएकी थिइन् । त्यसबाहेक नेपालका प्राय सबै प्रधानमन्त्रीहरुले चीनको भ्रमण गरेका छन् ।

चीनको आर्थिक विकास र नेपाल

सन् १९८० पछिको ३० वर्ष लगातार दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणलाई सरकारले चिनिया विकासमा साझेदारी गर्ने सबैभन्दा महत्वपुर्ण अवसरका रुपमा लिएको छ ।

विगत ३० वर्षमा चीनले झन्डै ७० देखि ८० करोड मानिसलाई निरपेक्ष गरीबीको रेखाभन्दा माथि ल्याएको छ । नेपाल र चीन जोड्ने ६ वटा नाका रहेको भएपनि दुईवटा नाकामात्रै अहिले सञ्चालनमा छन् ।

भुकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका सञ्चालन हुन समेत लामो समयको पर्खाइ भोग्नुपरेको छ । नेपाल र चीनको सम्बन्धकै कडीस्वरुप दैनिक छ वटा उडान नेपालबाट चीनका लागि भइरहेको छ ।

चीन र नेपालबीच ल्हासा, छेन्दु, खुन्मिङ, क्वाङ्चौ, सिआन, हङकङबाट काठमाडौंसम्म सिधा हवाइसेवा सञ्चालन भइरहेको छ । प्रत्येक साता दुई देशबीच करिब ९० उडान हुने गरेको छ ।

चीनले काठमाडौंबाट करिब १५० किलोमिटर उत्तर केरुङसम्म दुई लेनको पक्की सडक ल्याइसक्दा हामीले रणनीतिक महत्वको केरुङ नाकासँग जोड्ने हाम्रो सडकको स्तरोन्नति गर्न सकेका छैनौँ ।

बीआरआई र नेपाल

पछिल्लो समय चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को नेपाल पक्ष राष्ट्र बनिसकेको छ । काठमाडौंलाई केरुङसँग जोड्ने रेलमार्ग निर्माण, नेपाल–तिब्बत प्रसारण लाइन र किमाथांका–हिले दुई लेनको सडक निर्माण बनाउने विषयमा २ वर्षअघिको ओली नेतृत्वको सरकारले गरिसकेको छ । तर त्यसलाई अन्तिम रुपमा दिने काम भइसकेको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १० : ०१ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४