राहदानी विधेयक पुनः पारित, लोकसेवा आयोग विधेयक स्वीकृत | Khabarhub Khabarhub

राहदानी विधेयक पुनः पारित, लोकसेवा आयोग विधेयक स्वीकृत


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई पुनः पारित गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बिहीबार बसेको बैठकमा उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुनर्विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको थियो । बैठकको सर्वसम्मतीले राहदानी विधेयकलाई पुनः पारित गरेको हो ।

प्रतिनिधिसभाले विगतमा नै पारित गरी उक्त राहदानी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा राष्ट्रपति भण्डारीले केही प्रक्रियागत त्रुटि रहेको भन्दै पुनर्विचारको लागि सन्देशसहित पुनः सङ्घीय संसद्मा विधेयक फिर्ता पठाएकी हुन् ।

विधेयकका सम्बन्धमा बैठकमा पनि छलफल भएको थियो । सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सबै प्रक्रिया र चरणहरु पार गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणको लागि पठाइएको राहदानी विधेयक फिर्ता हुँदा राष्ट्रपतिबाट कुनै पनि विषय नखुलाइएको स्पष्ट पारे । उनले सो विधेयकले सङ्घीय संसद्का सबै चरणलाई पार गरेर नै प्रमाणीकरणका लागि पुगेको पनि स्पष्ट पारे । प्रतिनिधिसभामा उत्पन्न भएको राहदानी विधेयकलाई प्रतिनिधिसभाले पारित गरी सन्देशसहित राष्ट्रियसभामा पठाइएको र राष्ट्रियसभाले पनि आफ्नो विषयगत समिति विधायन व्यवस्थापन समितिमा छलफलको लागि पठाएको पनि उनले स्मरणा गरे ।

यस्तै, बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ लाई पनि स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्यया तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘लोकसेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको थियो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयय) विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ सम्बन्धमा प्राप्त सन्देश टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते १ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : २१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम