डेंगु नियन्त्रण बाहिर नगएको सञ्चारमन्त्री बास्कोटाको दावी | Khabarhub Khabarhub

डेंगु नियन्त्रण बाहिर नगएको सञ्चारमन्त्री बास्कोटाको दावी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार मन्त्री गोकुल बास्कोटाले डेंगु नियन्त्रण बाहिर नभएको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि संयमतापूर्वक काम गरिरहेको भन्दै डेंगु नियन्त्रणबाहिर नभएको बताएका हुन् ।

‘गएको बैशाखदेखि डेंगु देखियो, यसमा नियन्त्रणको प्रयासहरु नागरिक स्तर, स्वास्थ्य मन्त्रालय र यस क्षेत्रमा कामगर्ने निकायबाट पनि हुँदै आएको हो,’ मन्त्री बास्कोटाले भने, ‘यो संक्रमण फैलिएको जस्तो देखियो तर नियन्त्रण बाहिर छैन, तर पनि यस विषयमा सरकार गम्भिर छ स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक काम गरिरहेको छ ।’

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले गरेको प्रश्नमा मन्त्री बास्कोटाले डेंगुको विषयमा सूचना दिन स्वास्थ्य मन्त्रालयमा प्रवक्ता रहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्तासँग सोध्न पनि आग्रह गरे ।

सञ्चार मन्त्री बास्कोटाले डेंगु नियन्त्रण बाहिर नभएको बताएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भने केही साताअघि डेंगु नियन्त्रण गर्न नसकिएको बताएका थिए । उनले स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न सम्भव नभएको भन्दै सबैलाई डेंगु नियन्त्रणका लागि एकजुट हुन आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ५४ बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०