डेंगुको उपचार पछि अस्पतालबाट घर फर्किए डाक्टर रुइत | Khabarhub Khabarhub

डेंगुको उपचार पछि अस्पतालबाट घर फर्किए डाक्टर रुइत


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  डेंगुको संक्रमण देखिए पछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा रुइत बुधबार अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी केदार आचार्यले जानकारी दिए ।

अस्पतालबाट डिस्चार्ज भए पनि डा रुइत तत्काल बिरामीको उपचारमा भने संलग्न हुने छैनन् । डा रुइतको स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले १० दिन घरमै आरमा गर्न सुझाव दिएका छन् ।

उनी १० दिन घरमै आराम गरेपछि मात्रै आँखाका बिरामीको सेवामा फर्किने उनका सहयोगी आचार्यको भनाइ छ । ‘डाक्टर रुइतको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ, घरमा आराम गरेर बस्नुभएको छ । हिजो अस्पतालबाट डिस्चार्ज भइसक्नु भयो,’ डा रुइतका सहयोगी आचार्यले भने, ‘तर उहाँ बिरामीको उपचार गर्न अस्पताल भने जानुहुन्छ, चिकित्सकले १० दिन आराम गर्न भनेका छन् । पूर्ण रुपमा ठिक भएपछि मात्रै जानुहुन्छ ।’

डेंगु लागेर डा रुइतसँगै अस्पताल भर्ना भएकी उनी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् । तर, भान्जी भने अझै अस्पतालमै छिन् ।

गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा रुइतलाई स्वास्थ्य परीक्षणको क्रममा डेंगु भएको पुष्टी भएको थियो । उनी ६ दिन अस्पताल भर्ना भएर बुधबार घर फर्किएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ३२ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा