उप निर्वाचनका लागि दल दर्ता गर्न नेकपाले दियो निर्वाचन आयोगमा निवेदन | Khabarhub Khabarhub

उप निर्वाचनका लागि दल दर्ता गर्न नेकपाले दियो निर्वाचन आयोगमा निवेदन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी उपनिर्वाचनलाई लक्षित गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि बिहीबार दल दर्ताको निवेदन दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा नेता खिमलाल देवकोटालगायतका नेताहरु दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले नेकपाको तर्फबाट दल दर्ताको निवेदन आएको र उक्त निवेदन निर्वाचन आयोगको समितिमा पेश गरेपछि दर्ता गर्ने सम्बन्धमा निर्णय हुने जानकारी दिए ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि प्रतिनिधिसभा सदस्य पदका लागि १, प्रदेशसभा सदस्य पदका लागि ३, उपमहानगरपालिकाको मेयर पदका लागि १, गाउँपालिकाको अध्यक्ष पदका लागि २, गाउँपालिकाको उपाध्यक्ष पदका लागि १ र स्थानीय तहका विभिन्न वडाका वडाध्यक्षहरुका लागि ४२ ठाउँमा निर्वाचन गर्दै छ ।

यसअघि सम्पन्न निर्वाचन पछि मात्रै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएका कारण नेकपाले आगामी निर्वाचनमा भाग लिन दल दर्ता गर्नु परेको हो ।

२०७४ सालको मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादीले संयुक्त (वाम गठवन्धन) बनाएर उम्मेदावरु दिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : १२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम