अन्तर्राष्ट्रिय विमानस्थलसम्मै पुगे हङकङका प्रदर्शनकारी, उडान र अवतरण ठप्प | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलसम्मै पुगे हङकङका प्रदर्शनकारी, उडान र अवतरण ठप्प


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरुको उडान र अवतरण ठप्प भएको छ । दशौं हजार प्रदर्शनकारीहरु आगमन कक्षमा प्रवेश गरी प्रदर्शन गर्न थालेपछि हङकङ विमानस्थलको सम्पूर्ण उडान र अवतरण रोकिएको अधिकारीले जनाएका छन् ।

विमानस्थलले विज्ञप्ति जारी गर्दै सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण बन्द गरिएको जनाएको हो ।

मानिसहरुको प्रदर्शनका कारण विमानस्थलको कारवाही प्रभावित भएकाले यस्तो निर्णय लिइएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको एअर ट्राफिक पूर्ण रुपमा प्रभावित भएको र विमानस्थलको कार पार्किङ पनि भरिएको विमानस्थलले जनाएको छ । त्यस्तै विमानस्थलले प्रदर्शनकारीलाई विमानस्थलबाट बाहिर जान समेत आह्वान गरेको छ ।

हङकङका विमान सेवा कम्पनीहरु क्याथी प्यासिफिक तथा क्याथी ड्रगनले आफ्ना सेवाग्राहीलाई हङकङ विमानस्थलतर्फ नजान र जरुरी बाहेकका सबै यात्रा स्थगन गर्न आह्वान गरेका छन् ।

एशियाको व्यस्त विमानस्थलमा पर्ने हङकङ विमानस्थल बन्द हुँदा यसबाट दशौं हजार यात्रु प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : ३८ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको