चीनमा बाढीबाट करिब २ करोड प्रभावित | Khabarhub Khabarhub

चीनमा बाढीबाट करिब २ करोड प्रभावित


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– ५० वर्षयताकै भारी वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब २ करोड प्रभावित भएका छन् ।

चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार बाढीका कारण १ करोड ९९ लाख प्रभावित भएका छन् । बाढीका कारण १३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ५ लाख ८२ हजार मानिसहरुलाई आकस्मिक सहायताको खाँचो रहेको जनाइएको छ ।

बाढीका कारण भौतिक पूर्वाधारमा क्षति पुगेको तथा ३४ हजार घरहरु भत्केको मन्त्रालयले जनाएको छ । बाढीका कारण १७ लाख हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको छ । बाढीका कारण ७ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक क्षति पुगेको मन्त्रालयलाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ३३ बजे

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार